१५ असार २०८३, सोमबार

मेलुङ गाउँपालिकाका वडा अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस २८, २०८२
काठमाडौं
मेलुङ गाउँपालिकाका वडा अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको मेलुङ गाउँपालिका १ का वडा अध्यक्ष ईश्वर कोइरालासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम निकाली हिनामिना गरेकोले कारबाहीको माग गर्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा मृत्यु भइसकेका १४ जना लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले अध्यक्ष कोइरालासहित वडा कार्यालयका तत्कालीन वडा सचिव विनय उप्रेती र वडा कार्यालयका सहायक दलबहादुर थापालाई पनि प्रतिवादी बनाएर कैद र जरिवानाको मागदाबी गरेको छ ।​

यस्तो छ आयोगको विज्ञप्ति : 

 

salt training

कमेन्ट गर्नुहोस्