११ साउन २०८३, सोमबार

सय वर्षभन्दा लामो इतिहास बोकेको प्रतियोगितामा कमजोर प्रतिद्वन्द्वीसँग पराजित भयो पीएसजी

पुस २९, २०८२
काठमाडौं
सय वर्षभन्दा लामो इतिहास बोकेको प्रतियोगितामा कमजोर प्रतिद्वन्द्वीसँग पराजित भयो पीएसजी

च्याम्पियन्स लिग र फ्रेन्च सुपर कप च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) अप्रत्यासित हारसँगै प्रतिष्ठित घरेलु प्रतियोगिता कुप डे फ्रान्सबाट बाहिरिएको छ ।

मंगलबार बिहान सम्पन्न अन्तिम ३२ टोलीबीचको भिडन्तमा पीएसजी तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी पेरिस फुटबल क्लबसँग १-० गोलले पराजित भएको हो ।

पेरिस एफसीको प्रतिस्पर्धात्मक जितमा जोनाथन इकोनले निर्णायक गोल गरे । उनले प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा गोल गरेका थिए ।

पीएसजी प्रतियोगिताको साविक विजेता पनि हो । यसका अतिरिक्त, पीएसजी सर्वाधिक १६ पटकको च्याम्पियन पनि हो । कुप डे फ्रान्स विश्वकै सर्वाधिक पुरानो फुटबल प्रतियोगितामध्ये एक हो ।

यो प्रतियोगिताको शुरूआत सन् १९१७ मा अर्थात्, एक सय नौ वर्षअघि भएको हो । पीएसजी सन् २०१४ पछि पहिलो पटक अन्तिम ३२ मा पराजित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्