१६ असार २०८३, मंगलबार

केन्द्रीय समिति बस्दै गर्दा सानेपामा तरूण दलका कार्यकर्ता भेला

पुस २९, २०८२
काठमाडौं
केन्द्रीय समिति बस्दै गर्दा सानेपामा तरूण दलका कार्यकर्ता भेला

भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनको विषयलाई लिएर सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।

केन्द्रीय समिति बैठक शुरू हुने बेला पार्टी कार्यालय सानेपामा कार्यालयमा तरूण दलका युवा भेला भएका छन् ।

विशेष महाधिवेशनलाई काउण्टर दिन बोलाइएको युवा भेला स्थगित भए पनि सानेपामा तरुण दलका कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

अध्यक्ष विद्वान गुरुङ र पूर्वअध्यक्ष समेत रहेका जीतजंग बस्नेत युवाहरूसँगै देखिएका छन् ।

बैठकमा प्रवेश गर्नुअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमतिका लागि दुवै पक्ष लचक हुनुपर्ने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्