
थाइल्याण्डको राजधानी बैंककमा बुधबार बिहान चलिरहेको रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
यसका साथै, दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । मृत्यु हुनेको संख्या बढ्ने आशंका छ ।
बैंककको उत्तरमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटना भएको हो। रेलवे गभर्नरलाई दुर्घटनाको कारणको अनुसन्धान गर्न भनिएको छ।
रेलवेले १९५ यात्रु र कर्मचारीहरू रेलमा सवार रहेको बताएको छ ।