२७ जेठ २०८३, बुधबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न

पुस ३०, २०८२
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको आफ्नो ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा शेयरधनी महानुभावको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।

यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर एवं ६० शाखारहित बैंकिङमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्