०७ असार २०८३, आइतबार

बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

माघ १, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर ईमाडोल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका ४० वर्षीय श्री तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा गत असार ३१ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा जितपुरबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्