
नेपाली कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुगेको छ । निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार दायर गरिएको रिटमा माघ ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन समेत रोक्न माग गरिएको छ ।
शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायत निवेदक रहेको रिटमा माघ ६ गते हुने मनोनयन स्थगित गरी अर्को मिति तोक्नुपर्ने माग गरिएको छ ।
कांग्रेसको शेरबहादुर देउवा समूहले दायर गरेको रिट दर्ता भएको र मंगलबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद भट्टराई जानकारी दिए ।

गगनकुमार थापा नेतृत्वको कांग्रेस पदाधिकारी अद्यावधिक गर्ने आयोगको निर्णय बदरको माग रिटमा गरिएको छ ।
‘अवैधानिकरूपमा विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई भङ्ग गर्नुपर्ने तथा निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने माग गरिएको छ,’ प्रवक्ता भट्टराईले भने ।
निर्वाचन आयोग, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेपाली कांग्रेस कार्यसमितिलाई रिटमा विपक्षी बनाइएको छ ।
यस्तो छ रिट :