![झापामा बालेन क्रेज [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/balen_jhapa_4_LeTyQV0A0k.jpg)
झापा-५ बाट बालेन्द्र शाह (बालेन)ले मनोनयन दर्ता गरेका छन् । मंगलबार बिहान दमक पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
शाहको प्रस्तावकमा भेषराज भट्टराई र समर्थक भूमिनन्द बराल रहेका छन् । बाजा गाजासहित दमक चोकबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका उनले मनोनयन दर्ता गराएका हुन् ।
झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि केही बेरपछि मनोनयन दर्ता गराउँदै छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा मनोनयन दर्ताको काम भैरहेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले जनाएको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत् ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत् १६५ निर्वाचित हुने व्यवस्था छ ।




