०८ असार २०८३, सोमबार

दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा छाड्न निर्देशन

माघ ६, २०८२
काठमाडौं
दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा छाड्न निर्देशन

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार जुन कसुर अन्तर्गत प्रहरीले मुद्दा ल्याएको थियो त्यस कसुर अन्तर्गत हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने ‘ग्राभिटी’ नदेखिएपछि उक्त निर्देशन दिइएको हो ।

‘निर्वाचन आयोगको पत्रमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरू गरे पनि शान्ति सुरक्षा कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको थियो,’ काफ्लेले लोकान्तरसँग भने, ‘त्यस कसुरमा के कसो भएको हो भन्ने केही पनि नखुलेको हुनाले हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न भनिएको हो ।’

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाऊ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्