२७ असार २०८३, शनिबार

श्रीलंका ‘ए’सँग ७३ रनले पराजित भयो नेपाली टोली

माघ ८, २०८२
काठमाडौं
श्रीलंका ‘ए’सँग ७३ रनले पराजित भयो नेपाली टोली

आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको तयारीका क्रममा हाल श्रीलंकामा रहेको नेपाली टोली बिहीबार खेलिएको अभ्यास खेलमा श्रीलंकाको ‘ए’ टोलीसँग ७३ रनले पराजित भएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका माथिल्लो क्रममा कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । तल्लो क्रममा ब्याटिङ गर्न आएका करण केसीले टोलीका लागि केवल २६ बलमा अविजित ४१ रन बनाए ।

नेपाली टोलीका लागि लोकेश बलमे १५ बलमा २५ रन बनाए । गुलसन झाले पनि १५ बलमा १७ रन जोडे । कप्तान रोहित पौडेलले १८ बलमा १८ रन बटुले ।

सोमपाल कामीले २० बलमा १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आसिफ शेख र आरिफ शेखले खाता खोल्न सकेनन् ।

null

कुशल भुर्तेल सात रन बनाउँदै पेभेलियन फर्किए भने दीपेन्द्रसिंह ऐरी पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । बसिर अहमदले चार रन बनाए भने नन्दन यादव शून्य रनमा अविजित रहे ।

नेपाली टोली आगामी आईसीसी टी–२० विश्वकपको तयारी गर्न श्रीलंका भ्रमणमा गएको हो । टी–२० विश्वकपको १० औं संस्करण आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

विश्वकपमा नेपाली टोली समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालका लागि अतिरिक्त टेस्ट राष्ट्र बंगलादेश, इङ्ल्यान्ड र वेस्ट इन्डिज पनि छन् । इटाली पनि सोही समूहमा छ ।

नेपाली टोलीले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि, सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्