२४ जेठ २०८३, आइतबार

केएफसीमा माछापुच्छ्रे बैंकको ईआरपी एकीकृत पीओएस

माघ ९, २०८२
काठमाडौं
केएफसीमा माछापुच्छ्रे बैंकको ईआरपी एकीकृत पीओएस

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विश्व प्रसिद्ध फूड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटी टेकसँग सहकार्य गरेको छ ।

नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटमा भुक्तानीका लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पीओएस उपकरणहरू जडान गरिएको छ ।

ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी सुविधा प्रदान गर्नेछ ।

बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।

जसले दैनिक कारोबारहरूलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

स्थापनाकालदेखि नै नवीनतम् प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ ।

बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्स्टेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।

साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्