२७ असार २०८३, शनिबार

एन्फा राष्ट्रिय लिग फूटबल : सातदोबाटो युथसँग स्तब्ध बन्यो मनाङ मर्स्याङ्दी

माघ ९, २०८२
काठमाडौं
एन्फा राष्ट्रिय लिग फूटबल : सातदोबाटो युथसँग स्तब्ध बन्यो मनाङ मर्स्याङ्दी

एन्फा राष्ट्रिय लिग फूटबल प्रतियोगिताको शुक्रबार सम्पन्न दोस्रो खेलमा सातदोबाटो युथ क्लबले बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा खेलिएको खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबमाथि १–० गोलको रोमाञ्चक जित हासिल गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा सातदोबाटो युथले निर्णायक गोल गरेको थियो ।

सातदोबाटो युथका लागि विदेशी खेलाडी फोड फोफनाले ६१औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

यसअघि, शुक्रबार नै सम्पन्न पहिलो खेलमा टोखाको श्री भगवती क्लबले सिमराको नव जनजागृति युवा क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्