![डोल्पाको काइगाउँमा भारी हिमपात [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Snowfall_Dolpa_16_QhqVdKZ5mK.jpg)
डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधन ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ ।
लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य भएका छन् । चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन् ।













