२७ असार २०८३, शनिबार

तेस्रो टी–२० मा न्युजिल्याण्डले भारतलाई १५४ रनको लक्ष्य दियो

माघ ११, २०८२
काठमाडौं
तेस्रो टी–२० मा न्युजिल्याण्डले भारतलाई १५४ रनको लक्ष्य दियो

भारतविरुद्धको तेस्रो टी–२० क्रिकेट खेलमा न्युजिल्याण्डले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४८ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका तर्फबाट जसप्रीत बुमराहले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । पाँच खेलको टी–२० शृंखलामा भारत हाल २–० ले अग्रता लिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्