२७ असार २०८३, शनिबार

महिलातर्फ लगातार तेस्रो हारसँगै उपाधि होडबाट बाहिरियो आर्मी

माघ १२, २०८२
काठमाडौं
महिलातर्फ लगातार तेस्रो हारसँगै उपाधि होडबाट बाहिरियो आर्मी

विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी छैटौं एनसेल टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि होडबाट बाहिरिएको छ ।

महिलातर्फ लगातार तेस्रो हारसँगै आर्मी क्लब उपाधि होडबाट बाहिरिएको हो । प्रतियोगिताको चौथो दिन सोमबार आर्मी क्लबलाई सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ३–० सेटले हरायो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा खेलिएको दुई विभागीय टोलीबीचको खेलमा एपीएफ क्लबले आर्मी क्लबलाई २५–११, २५–१८ र २५–१९ अंकले हरायो ।

पहिलो खेलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मी क्लबलाई २५–१३, २६–१६ र २५–८ अंकले पराजित गरेको थियो ।

आर्मी क्लबको टोली आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग २५–१६, १७–२५, २२–२५ र १३–२५ अंकले पराजित भएको थियो । आर्मी क्लबले अन्तिम खेल मंगलबार थाइल्यान्ड क्विन्ससँग खेल्नेछ ।

प्रतियोगिताको महिलातर्फ पाँच र पुरुषतर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फ न्यु डायमण्ड, आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र थाइल्याण्ड क्विन्स सहभागी छन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको टोली सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्