
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको हो ।
यस दिन बजारमा २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयरको खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार मात्रै नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा बन्द भएको थियो ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक र अखुँखोला जलविद्युत कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा अखुँखोला जलविद्युत कम्पनी ८३ करोड ५७ लाख ५१ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।