
बेलायती प्रधानमन्त्री कार्यालयले बेलायत र चीनबीच एउटा सम्झौता भएको बताएको छ । जसअन्तर्गत बेलायती नागरिकहरूले बिना भिसा नै चीन यात्रा गर्न सक्नेछन् ।
बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार यो सम्झौता ३० दिनभन्दा कम अवधिको यात्रा गर्ने बेलायती नागरिकहरूका लागि हो ।
बेलायत सरकारले यसको अर्थ व्यापार वा पर्यटनका लागि चीन यात्रा गर्ने नागरिकहरूले बिना भिसा नै यात्रा गर्न सक्ने बताएको छ ।
सम्झौताबारे बेलायती प्रधानमन्त्री केयर स्टारमरले भने, 'विश्वको आर्थिक महाशक्तिहरू मध्ये एक भएको नाताले चीनमा व्यापार बढाउने उपायहरूको माग थियो ।’
उनले थप भने, 'हामी उनीहरूका लागि यो सजिलो बनाउनेछौं । यसमा छोटो अवधिको यात्राका लागि भिसा नियमहरू खुकुलो पार्नु समावेश छ । यसले उनीहरूलाई विदेशमा विस्तार गर्न र देश भित्र वृद्धि र रोजगारी बढाउन मद्दत गर्नेछ ।’
बेलायती प्रधानमन्त्री चीनको भ्रमणमा छन् । यहाँ उनले बिहीबार राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरे ।
पीएस स्टारमरसँगै एउटा ठूलो व्यापारिक प्रतिनिधिमण्डल पनि चीन गएको छ ।