२२ असार २०८३, सोमबार

पाकिस्तानको दाबी- बलुचिस्तानमा ३७ आतङ्ककारीसहित १० सुरक्षाकर्मी मारिए

माघ १७, २०८२
काठमाडौं
पाकिस्तानको दाबी- बलुचिस्तानमा ३७ आतङ्ककारीसहित १० सुरक्षाकर्मी मारिए

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले शनिबार बलुचिस्तानमा सुरक्षा बलले आतंककारीहरूको आक्रमणलाई विफल पारेको दाबी गरेका छन् ।

मोहसिन नकवीले आक्रमणको क्रममा सुरक्षा बलले समयमै र प्रभावकारी कारबाही गरेर ३७ आतंककारी मारेको बताए ।  

यी आक्रमणहरूलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी पनि मारिएको उनले बताए ।

शनिबार बिहान बलुचिस्तानको राजधानी क्वेटा लगायत धेरै शहरबाट विस्फोट र गोलीबारी भएको खबर आएको थियो ।

बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)ले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिँदै  अपरेशन हेरोभको दोस्रो चरणको रूपमा वर्णन गरेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्