१४ असार २०८३, आइतबार

अजित पवारको निधनपछि पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री

माघ १७, २०८२
काठमाडौं
अजित पवारको निधनपछि पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री

अजित पवारको निधनपछि पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री बनेकी छन् ।  राष्ट्रवादी कांग्रेस पार्टीका नेता तथा उपमुख्यमन्त्री पवारको असामयिक निधन भएको चौथो दिन शनिबार उनकी पत्नी सुनेत्राले महाराष्ट्रको नयाँ उपमुख्यमन्त्रीको रूपमा शपथ लिएकी हुन्। योसँगै उनी महाराष्ट्रको इतिहासमा पहिलो महिला उपमुख्यमन्त्री बनेकी छन्।

शनिबार मुम्बईस्थित लोकभवनमा आयोजित १२ मिनेटको विशेष समारोहमा राज्यपाल आचार्य देवव्रतले सुनेत्रा पवारलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहण गर्नुअघि उनले आफ्नो राज्यसभा सदस्य पदबाट राजीनामा दिएकी थिइन्। संवैधानिक व्यवस्था अनुसार संघीय संसदको सदस्य रहँदै राज्यको मन्त्री बन्न नमिल्ने भएकाले उनले राजीनामा दिएकी हुन्।

नवनियुक्त उपमुख्यमन्त्री सुनेत्रालाई राज्य अन्तःशुल्क, खेलकुद तथा युवा कल्याण र अल्पसंख्यक विकास विभागको जिम्मेवारी सुम्पिएको छ। महत्वपूर्ण मानिने अर्थ मन्त्रालय भने मुख्यमन्त्री देवेन्द्र फडणवीसले नै आफूसँग राखेका छन्। यसअघि अजित पवारले अर्थ मन्त्रालय सम्हाल्दै आएका थिए।

गत जनवरी २८ मा बारामती जाने क्रममा विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उपमुख्यमन्त्रीको पद रिक्त थियो। 

salt training

कमेन्ट गर्नुहोस्