
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
आइतबार सुनको मूल्य तोलामा १८ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै सुनको मूल्य तोलाको तीन लाख रूपैयाँमा झरेको छ ।
पछिल्लो समय बढिरहेको सुनको मूल्य केही दिनयता घटिरहेको छ ।
शुक्रबार सुनको मूल्य तोलाको २० हजार ५०० रूपैयाँ घटेर तीन लाख १८ हजार ८०० रूपैयाँमा झरेको थियो ।
आइतबार चाँदीको मूल्यमा पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ सय ६५ रूपैयाँ घटेर आइतबार पाँच हजार ५०० रूपैयाँमा झरेको छ ।
शुक्रबार चाँदीको मूल्य सात हजार ६५ रूपैयाँ थियो ।