०९ साउन २०८३, शनिबार

अमेरिकाले भारतमाथिको भन्सार १८ प्रतिशत घटायो, ट्रम्पले भने- व्यापार सम्झौतामा पनि सहमति

माघ २०, २०८२
काठमाडौं
अमेरिकाले भारतमाथिको भन्सार १८ प्रतिशत घटायो, ट्रम्पले भने- व्यापार सम्झौतामा पनि सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग  व्यापार सम्झौताको घोषणा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्तापछि ट्रम्पले भारतमाथिको पारस्परिक कर २५ बाट घटाएर १८ प्रतिशत बनाएका हुन् । 

सोमबार बिहान ट्रम्पले मोदीसँग कुरा गरेका थिए । त्यसपछि, राति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा व्यापार सम्झौताको घोषणा गरेका हुन् ।

मोदी रूसबाट तेल खरिद गर्न बन्द गर्न र अमेरिकाबाट थप तेल खरिद गर्न सहमत भएको ट्रम्पले दाबी गरे ।

ट्रम्पका अनुसार, आवश्यक परेमा, भारतले भेनेजुएलाबाट तेल किन्नेछ। ट्रम्पको घोषणापछि, प्रधानमन्त्रीले ट्विटरमा लेखे, 'भारतका १.४ अर्ब जनताको तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद।'

यद्यपि, भारतीय प्रधानमन्त्रीको पोस्टमा व्यापार सम्झौताबारे कुनै जानकारी छैन ।

ट्रम्पले अप्रिल २५ मा भारतमाथि २५ प्रतिशत पारस्परिक कर घोषणा गरेका थिए, त्यसपछि अगस्टमा रूसबाट तेल खरिद गरेकोमा २५ प्रतिशत जरिवाना लगाइएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्