
आगामी टी–२० विश्वकपका लागि घोषित राष्ट्रिय टोलीमा रहेका अन्य खेलाडीभन्दा फरक परिवेशका खेलाडी हुन्, शेर मल्ल । विश्वकप टोलीमा रहेका अन्य खेलाडीले यसअघि नै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् ।
तर, शेर मल्लले भने हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेका छैनन् । त्यसैले शेरले आगामी टी–२० विश्वकपमार्फत् नै सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने सम्भावना छ ।
घरेलु प्रतियोगिता र नेपाल प्रिमियर लिग (एनपीएल)मा गरेको उत्कृष्ट प्रदर्शनका कारण २३ वर्षीय शेरले विश्वकप टोलीमा स्थान पाएका हुन् । एनपीएलसँग पनि उनको एउटा रमाइलो संयोग जोडिएको छ । उनी दुई फरक टोलीलाई एनपीएलको दुवै संस्करणको उपाधि जिताउने एकमात्र खेलाडी हुन् ।
शेरले एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई उपाधि चुमाएका थिए । त्यतिबेला उनी सात विकेट लिएका थिए ।
त्यसपछि उनले एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई उपाधि चुमाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एनपीएलको दोस्रो संस्करणमा उनले कुल १७ विकेट लिएका थिए । उनी सन्दीप लामिछाने र अविनाष बोहरासँगै सर्वाधिक विकेट लिने बरको सूचीमा पहिलो स्थानमा रहेका थिए ।
सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनलमा पनि उनले गजबको प्रदर्शन गरेका थिए । फाइनल खेलमा शेरले चार ओभरमा केवल १८ रन खर्चिएर तीन विकेट कुम्ल्याएका थिए । क्षमतावान स्पिनर शेर दायाँ हातले बलिङ गर्छन् । उनी ब्याटिङ भने दायाँ हातले गर्छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : शेर मल्लले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका छैनन् ।
टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : शेरले हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका छैनन् । तर, आगामी विश्वकपका लागि टोलीमा परेकाले सम्भवत: उनले विश्वकपमार्फत नै ‘डेब्यू’ गर्नेछन् ।

कीर्तिमान : शेर मल्ल दुई फरक टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जिताउने एकमात्र खेलाडी हुन् । उनले जनकपुर बोल्ट्सबाट एनपीएलको पहिलो संस्करणको उपाधि हात पारेका थिए ।
उनले एनपीएलको दोस्रो संस्करणको उपाधि भने लुम्बिनी लायन्सबाट जितेका हुन् ।
यो पनि
सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर
गुलसन झा : कम उमेरमा ‘डेब्यू’देखि एउटै खेलमा अर्धशतक र ५ विकेटको उपलब्धिसम्म
ऐतिहासिक प्रदर्शनको लक्ष्यसहित पहिलोपटक विश्वकप अभियानमा होमिएका अनुभवी खेलाडी
हजार अन्तर्राष्ट्रिय रनपछि दुई सय अन्तर्राष्ट्रिय विकेटको कोशेढुङ्गा नजिक
कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा
विस्फोटक ब्याटिङ अलराउन्डर भुर्तेल– डेब्युमै 'प्लेयर अफ दि म्याच' भएका नेपाली ओपनर
आसिफ शेख : एउटै शृंखलामा सर्वाधिक रनदेखि विकेटकिपरको भूमिकामा कमालको प्रदर्शनसम्म
रोहितकुमार पौडेल : कम उमेरमा एकदिवसीय ‘डेब्यू’देखि कान्छा कप्तानसम्म