१४ असार २०८३, आइतबार

ट्रम्पले हार्वर्ड विश्वविद्यालयसँग मागे १ अर्ब डलर क्षतिपूर्ति

माघ २०, २०८२
काठमाडौं
ट्रम्पले हार्वर्ड विश्वविद्यालयसँग मागे १ अर्ब डलर क्षतिपूर्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयबाट १ अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् । यो ट्रम्प प्रशासन र हार्वर्ड विश्वविद्यालयबीच चलिरहेको द्वन्द्वको एक हिस्सा हो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयसँगको वार्ताका क्रममा २० करोड डलरको मागबाट पछि हट्नु परेको समयमा यो खबर बाहिर आएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।  

सोमबार राति ट्रुथ सोसलमा प्रकाशित एक पोस्टमा ट्रम्पले हार्वर्ड विश्वविद्यालयले न्यूयोर्क टाइम्सलाई धेरै बकवास खुवाएको आरोप लगाएका थिए ।

ट्रम्प प्रशासनका अधिकारीहरूले हार्वर्डलाई प्यालेस्टिनी समर्थक विरोध प्रदर्शनका क्रममा यहूदी विरोधी घटनाहरूलाई सम्बोधन गर्न पर्याप्त काम नगरेको आरोप लगाएका छन् । विश्वविद्यालयले यी आरोपहरूलाई अस्वीकार गरेको छ ।

गत वर्ष अप्रिलमा ट्रम्पले हार्वर्डलाई दिइने करिब २ अर्ब डलरको अनुसन्धान अनुदान रद्द गर्दै संघीय कोष निलम्बन गरेका थिए । 

 

salt training

कमेन्ट गर्नुहोस्