२८ जेठ २०८३, बिहीबार

औषधि खरिदमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन निमित्त प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

माघ २१, २०८२
काठमाडौं
औषधि खरिदमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन निमित्त प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा हुम्ला ताँजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार बुधबार गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका संचालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । 

अख्तियारका अनुसार उनीहरुले ताँजाकोट गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्दा गाउँपालिकाको स्वास्थ्य उपकरण खरिदमा वदनियतपूर्ण तवरले औषधिको विवरण थप गरी १ लाख  ९१ हजार ८५० रुपैयाँ भुक्तानी लिएको खुलेको अख्तियारको दाबी छ ।

प्रतिवादीहरूमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल र स्वास्थ्य शाखा प्रमुख स्याङ्कू र सहलेखापाल सुनारविरुद्ध १ लाख ९१ हजार ८५० रुपैयाँ र आर्यन फार्मा नेपालगञ्जका सञ्चालक भुजुवालाई १ लाख ९० हजार ८०० बिगो र सजाय माग गरिएको आरोपपत्रमा भनिएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्