
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ४ हजार दुई सय रूपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रूपैयाँ थियो ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा २७० रूपैयाँले घटेर प्रतितोला चार हजार ७१० रूपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य चार हजार ९८० रूपैयाँ प्रतितोला थियो ।