
सोलुखुम्बुमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका २ बस्ने २० वर्षीय योमुसिङ कुलुङ छन् ।
उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
योमुसिङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।