२४ जेठ २०८३, आइतबार

सलमानसँग अक्षयको क्ल्यास हुने सम्भावना, फिल्म ‘भूत बंगला’को रिलिज मिति परिवर्तन

माघ २४, २०८२
काठमाडौं
सलमानसँग अक्षयको क्ल्यास हुने सम्भावना, फिल्म ‘भूत बंगला’को रिलिज मिति परिवर्तन

बलिउडका ‘खिलाडी कुमार’ अक्षय कुमार र निर्देशक प्रियदर्शनको सुपरहिट जोडी करिब १० वर्षपछि फेरि ठूलो पर्दामा फर्किंदैछ । यो जोडी एउटै नभइ तीन ठूला फिल्ममार्फत दर्शकमाझ देखिनेछ । जसमा ‘हैवान’, ‘हेरा फेरी ३’ र ‘भूत बंगला’ छन् । यीमध्ये सबैभन्दा पहिला ‘भूत बंगला’ रिलिज हुने भएको छ । यसको नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ ।

यसअघि ‘भूत बंगला’ १५ मे २०२६ मा सिनेमाघरमा आउने तयारीमा थियो र फिल्मको तयारी पनि तीव्र गतिमा भइरहेको थियो । तर अब निर्माताहरूले यसको रिलिज मिति परिवर्तन गर्ने निर्णय गरेका छन् ।

कहिले रिलिज हुनेछ फिल्म ?
बालाजी मोशन पिक्चर्सको ब्यानरमा बन्ने फिल्म ‘भूत बंगला’को रिलिज मिति सारिएको छ । पहिले १५ मे २०२६ मा रिलिज हुने तय भए पनि अब फिल्मलाई अगाडि सार्दै १० अप्रिल २०२६ मा दर्शकमाझ ल्याइने भएको छ ।

रिलिज मिति अगाडि–पछाडि गर्नुको मुख्य कारण फिल्मलाई यस्तो समय उपलब्ध गराउनु हो । जब बक्स अफिसमा प्रतिस्पर्धा कम होस् । यही सोचका साथ अक्षय कुमार पनि आफ्ना हरेक फिल्मलाई सिनेमाघरमा पर्याप्त र उचित समय दिन चाहन्छन् । दर्शकले सहज रूपमा फिल्म हेर्न सकून् भने यसको बक्स अफिस यात्रालाई पछ्याउन सकून् ।

अक्षय कुमारले शेयर गरे पोस्ट
अक्षय कुमारले आफ्नो एक्स (पूर्व ट्विटर) अकाउन्टमार्फत फिल्मको भिडियो शेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘भूत बंगलाको काउन्टडाउन फेरि सुरु गरौं । फिल्म २५ मे होइन, १० अप्रिलमा रिलिज हुनेछ । थिएटरमा भेटौंला ।’

शेयर गरिएको भिडियोमा एउटा कालो बिरालो देखिन्छ । यसका आँखा डर लाग्दा छन् । उक्त बिरालोले क्यालेन्डरमा पंजा हानेको देखिन्छ । त्यसपछि अप्रिल महिनाको क्यालेन्डरमा खसेको दूध चाट्दै गर्दा १० तारिख देखिन्छ ।

गलवानले फिल्ममा असर पार्ला ?
अक्षय कुमारको ‘भूत बंगला’ १० अप्रिलमा रिलिज हुँदैछ । तर यसको ठीक एक सातापछि १७ अप्रिलमा सुपरस्टार सलमान खानको प्रतिक्षित फिल्म ‘बैटल अफ गलवान’ रिलिज हुने तयारीमा छ । एक हप्ताको अन्तरालमा अक्षयको फिल्मले बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ भन्ने हेर्न रोचक हुने देखिन्छ ।

को–को छन् फिल्ममा ?
‘भूत बंगला’मा अक्षय कुमारसँगै वामिका गब्बी, परेश रावल, तब्बू र राजपाल यादव महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मको निर्देशन प्रियदर्शनले गरेका हुन् भने यसको निर्माण अक्षय कुमार, शोभा कपूर र एकता आर कपूरले गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्