
बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो उत्कृष्ट अभिनयले सधैं दर्शकको मन जित्दै आएकी छन् । अभिनयसँगै उनको फेसन सेन्स पनि सधैं टपमा रहने गर्छ । फेरि एकपटक उनले फेसनको दुनियाँमा आफू नै सबैभन्दा ठूलो ‘फेसन क्यामेलियन’ भएको प्रमाणित गरिदिएकी छन् ।
७ फेब्रुअरीमा दुबईमा सम्पन्न एक हाई–प्रोफाइल कार्टियर गालामा दीपिकाले अल–ब्ल्याक लुकमार्फत सबैलाई मोहित बनाइन् । उनका तस्बिरहरू सामाजिक सञ्जालमा आगोझैं फैलिरहेका छन् र फ्यानहरूले खुलेर प्रशंसा गरिरहेका छन् । आउटफिट मात्र नभइ ज्वेलरीदेखि मेकअपसम्म सबै कुरा एकदमै परफेक्ट देखिएको छ ।यस इभेन्टका लागि दीपिकाले चर्चित डिजाइनर गौरव गुप्ताले डिजाइन गरेको कस्टम आउटफिट लगाएकी थिइन् । स्ट्रक्चर्ड ब्ल्याक एन्सेम्बलमा फ्युचरिस्टिक टेलरिङ र क्लासिक एलिगेन्सको उत्कृष्ट संयोजन देखिन्छ । दीपिकाजस्ती बोल्ड व्यक्तित्वमा यो ब्ल्याक आउटफिट निकै सुहाएको छ भने टोन्ड फिगरमा अत्यन्तै स्टाइलिस देखिएको छ ।
आउटफिटसँग मेल खाने गरी दीपिकाले आकर्षक हीराको हार र म्याचिङ स्टड्स लगाएकी थिइन् । सूक्ष्म रूपमा जडान गरिएका हीराले बनेको यस नेकलेसमा नासपाती आकारको डायमण्ड रहेको छ । यसलाई अझै युनिक बनाएको छ ।
डायमण्ड नेकलेस र म्याचिङ स्टड्सले आउटफिटको ह्विम्सिकल थिमसँग पूर्ण रूपमा मेल खाएका छन् । दीपिकाको पोस्ट सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा कमेन्टको बाढी आएको छ । फ्यानहरूले उनलाई ‘गोडेस’, ‘गर्जियस’ र ‘स्टनिङ’ भन्दै प्रशंसाका पुल बाँधिरहेका छन् ।