१६ असार २०८३, मंगलबार
आईसीसी टी-२० विश्वकप

नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

माघ २५, २०८२
काठमाडौं
नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् ।​ ऐरीले ईंग्ल्यान्डका जेकोब बेथेललाई आउट पार्दै चौथो सफलता दिलाएका हुन् । बेथेल ५५ रनमा आउट भए ।

यसअघि लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए ।

उनले इंग्ल्यान्डका टोम ब्यान्टनलाई एलबीडब्ल्यू आउट गराएका हुन् । उनी २ रन बनाएर आउट भए ।

यसअघि नन्दन यादवले दोस्रो विकेट लिएका थिए । नन्दनले इंग्ल्यान्डका जोश बट्लरलाई आउट गराए । बट्लर १७ बलमा २६ रन बनाएर आउट भए ।

स्पिनर शेर मल्लले डेब्यु बलमै पहिलो विकेट लिएका थिए । विश्वकपबाटै राष्ट्रिय टिममा डेब्यू गरेका उनले  इंग्ल्यान्डविरुद्धको खेलमा पहिलो बलमै विकेट लिए ।

उनले इंग्ल्यान्डका फिल साल्टलाई सन्दीप लामिछानेमार्फत् क्याच आउट गराए  । साल्ट २ बलमा एक रन बनाएर आउट भए ।

salt training

कमेन्ट गर्नुहोस्