१८ असार २०८३, बिहीबार

जापानमा मतदान सम्पन्न, कुन पार्टीले जित्ने सम्भावना बढी छ ?

माघ २५, २०८२
काठमाडौं
जापानमा मतदान सम्पन्न, कुन पार्टीले जित्ने सम्भावना बढी छ ?

जापानमा भएको आम निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक अनुमानअनुसार वर्तमान प्रधानमन्त्री सनाइ ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले ठूलो जित हासिल गर्ने सम्भावना देखिएको छ ।

देशकी पहिलो महिला प्रधानमन्त्री बनेको चार महिना नपुग्दै ताकाइचीले स्पष्ट जनादेश प्राप्त गर्ने उद्देश्यले यो निर्वाचन गराएकी हुन् । उनले अचानक निर्वाचनको घोषणा गरेकी थिइन् ।

जापानमा लामो समयदेखि एलडीपीको नेतृत्वमा सरकार सञ्चालन हुँदै आएको छ । त्यहाँ बलियो विपक्षको अभाव रहँदै आएको मानिन्छ । यद्यपि, केही विश्लेषकले यो निर्वाचनलाई जोखिमपूर्ण कदमको रूपमा व्याख्या गरेका थिए । एलडीपीले संसदका दुवै सदनमा बहुमत गुमाइसकेको थियो भने कोमेइतो पार्टीसँगको पुरानो गठबन्धन पनि टुटिसकेको थियो ।

तर प्रधानमन्त्री ताकाइचीको उच्च लोकप्रियताले पार्टीलाई बलियो बनाएको छ । उनको सरकारको स्वीकृति दर अधिकांश समय ७० प्रतिशतभन्दा माथि रहेको छ ।

ताजा तथ्यांकअनुसार एलडीपी र जापानिज इनोभेसन पार्टीको गठबन्धनले तल्लो सदनका कुल ४६५ सिटमध्ये करिब ३०० सिट जित्न सक्ने अनुमान गरिएको छ ।


 

कमेन्ट गर्नुहोस्