२१ असार २०८३, आइतबार

कर्नाटकमा तालिम दिने  विमान दुर्घटना, पाइलटको ज्यान यसरी जोगियो

माघ २५, २०८२
काठमाडौं
कर्नाटकमा तालिम दिने  विमान दुर्घटना, पाइलटको ज्यान यसरी जोगियो

भारतको कर्नाटकस्थित विजयपुरा जिल्लाको बालेश्वर क्षेत्रमा एउटा खेतमा आइतबार रेडबर्ड एभिएसनको एक निजी तालिम विमान (ट्रेनी प्लेन) दुर्घटनाग्रस्त भएको छ। 

विमान जमिनमा बजारिनुअघि नै दुवै पाइलटले 'इजेक्ट' गरी प्यारासुटको सहयोगमा हाम फालेर आफ्नो ज्यान जोगाएका छन्। दुर्घटनामा परेका पाइलटहरूलाई सामान्य चोटपटक लागेको छ। 

कलबुर्गीबाट बेलागाभीका लागि उडेको उक्त विमान मङ्गलुरु गाउँ नजिकैको खेतमा दुर्घटना भएको अवस्थामा फेला परेको थियो।
मन्त्रालयका अनुसार आकस्मिक अवतरण गर्ने क्रममा इन्धन सकिएका कारण यो दुर्घटना भएको हो। सन् १९७५ मा निर्माण गरिएको यो विमान करिब ५० वर्ष पुरानो रहेको बताइएको छ। विमानमा मुख्य पाइलट तथा प्रशिक्षक क्याप्टेन कुनाल मल्होत्रा र प्रशिक्षार्थी पाइलट गौतम शंकर पीआर सवार थिए।

 घटनाको जानकारी पाउनेबित्तिकै स्थानीय प्रहरी र उद्धार टोली पुगेका थिए भने यसबारे थप विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्