![निरन्तर घरदैलोमा ओली [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/KP_Sharma_Oli_with_voters_6_ILWSgxjYik.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो चुनावी क्षेत्रमा सक्रिय छन् ।
उनले मतदातासँगको भेटलाई तीव्र पारेका छन् । सोमबार उनले गौरीगञ्जमा मतदातासँग भेटघाट गरे ।
शुक्रबार दिउँसो झापा पुगेका ओलीले चुनावी भेटघाटलाई बढाएका हुन् ।
ओली आउँदो फागु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ बाट उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएका थिए ।
यसपटक झापा-५ मा ओलीलाई रास्वपा वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन (बालेन्द्र शाह)ले चुनौती दिएका छन् ।




