०९ साउन २०८३, शनिबार

क्यानडा र अमेरिका जोड्ने पुलको उद्घाटन रोक्ने ट्रम्पको धम्की

माघ २७, २०८२
काठमाडौं
क्यानडा र अमेरिका जोड्ने पुलको उद्घाटन रोक्ने ट्रम्पको धम्की

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडा जोड्ने पुलको उद्घाटन रोक्ने धम्की दिएका छन् ।

ट्रम्पले अमेरिकाले क्यानडालाई गरेको सबै योगदानको पूर्ण क्षतिपूर्ति नपाएसम्म पुलको उद्घाटन गर्न नदिने बताएका हुन् ।

‘क्यानडाको ओन्टारियोलाई अमेरिकाको मिशिगनसँग जोड्ने गोर्डी होवे अन्तर्राष्ट्रिय पुल संयुक्त राज्य अमेरिकालाई निष्पक्ष व्यवहार नगरिएसम्म खुल्ने छैन,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखे ।

परियोजना वेबसाइटका अनुसार पुल निर्माणका लागि क्यानडाले आर्थिक सहयोग गरेको छ । तर यो क्यानडा र मिशिगन दुवैको स्वामित्वमा हुनेछ ।

‘यो परियोजना रोक्नु राज्यको अर्थतन्त्रको लागि धेरै नराम्रो हुनेछ,’ मिशिगन डेमोक्र्याटिक सिनेटर एलिसा स्लटकिनले भनिन् ।

यद्यपि, राष्ट्रपति ट्रम्पले यो पुलको उद्घाटन कसरी रोक्न सकिन्छ भन्ने  अझै स्पष्ट पारेका छैनन् ।

परीक्षण सम्पन्न भएपछि यस वर्षको सुरुमा पुल खोल्ने तालिका थियो । निर्माण २०१८ मा सुरु भएको थियो ।

 


 

salt training

कमेन्ट गर्नुहोस्