
भारत–अमेरिका व्यापार सम्झौताको विरोधमा विपक्षी सांसदहरूले बिहीबार संसद् परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
शिव सेना (यूबीटी) सांसद प्रियंका चतुर्वेदीले भारत–अमेरिका व्यापार सम्झौताका धेरै सर्तमा प्रश्न उठाएकी छन् ।
प्रियंका चतुर्वेदीले भनिन्, ‘...यस्तो लाग्छ कि एउटा आदेश जारी गरिएको छ । यसमा अमेरिकाले भनिरहेका छन् कि तपाईंले आफ्ना सबै बजार खोल्नु पर्छ । तपाईंले शून्य प्रतिशत ट्यारिफमा सामान पठाउनुहुनेछ र हाम्रो ट्यारिफ १८ प्रतिशत हुनेछ ।’
यसबाहेक उनले ५०० अर्ब डलरको व्यापारको वाचा र ट्रम्पको रूसी तेल किन्न प्रतिबन्धको बारेमा पनि प्रश्न उठाएकी छन् ।
कांग्रेस सांसद इमरान मसूदले अमेरिकासँगको व्यापार सम्झौताले भारतलाई व्यापार घाटामा पार्ने बताए ।
इमरान मसूदले भने, ‘...हाम्रो व्यापार नाफा करिब ४५ अमेरिकी डलर छ । अब सम्झौता भएपछि पहिलो वर्षमा नै हाम्रो व्यापार घाटा १३ अर्ब डलर हुनेछ । चीनसँग हाम्रो पहिले नै व्यापार घाटा छ ।’
उनले सबै कुरा खोलियो भने भारतीय उत्पादनको के हुन्छ भन्ने प्रश्न गरे ।