२३ असार २०८३, मंगलबार

किम जोङ उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारीको रुपमा अघि सारे

माघ २९, २०८२
काठमाडौं
किम जोङ उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारीको रुपमा अघि सारे

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी छोरी किम जु आलाई आफ्नो उत्तराधिकारीका रूपमा अघि सारेको दक्षिण कोरियाको गुप्तचर निकायले दाबी गरेको छ। 

दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले बिहीबार त्यहाँका सांसदहरूलाई ब्रिफिङ गर्दै १३ वर्षीया जु आलाई अब ‘उत्तराधिकारी मनोनीत’ गर्ने चरणमा पुर्‍याइएको जानकारी दिएको हो।

पछिल्लो समय किम जु आ आफ्ना पितासँग विभिन्न महत्त्वपूर्ण र उच्चस्तरीय सरकारी कार्यक्रमहरूमा निरन्तर देखिँदै आएकी छिन्। गत सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा किम जोङ उनसँगै देखिएकी जु आको त्यो पहिलो विदेश भ्रमण थियो। एनआईएसका अनुसार उनको सार्वजनिक उपस्थिति र कार्यक्रमहरूमा दिइएको महत्वका आधारमा उनलाई भावी नेताका रूपमा अघि सारिएको स्पष्ट हुन्छ।

दक्षिण कोरियाली सांसद ली सङ-क्वेनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जु आ अब प्रशिक्षणको चरणबाट माथि उठेर आधिकारिक उत्तराधिकारीको भूमिकामा देखिएको बताएका छन्। कोरियाली पिपुल्स आर्मीको स्थापना दिवस र कुम्सुसान प्यालेस अफ द सन जस्ता महत्वपूर्ण स्थलहरूको भ्रमणमा जु आलाई किम जोङ उनसँगै विशेष स्थान दिइएको छ।

कतिपय राज्य नीतिहरूमा समेत उनले आफ्नो धारणा राख्ने गरेको र उनलाई देशको दोस्रो उच्च नेताको रूपमा व्यवहार गर्न थालिएको गुप्तचर निकायको निष्कर्ष छ।

salt training

कमेन्ट गर्नुहोस्