१२ असार २०८३, शुक्रबार

बंगलादेशको चुनावी नतिजा र बीएनपीको जितबारे चीनले के भन्यो ?

फागुन १, २०८२
काठमाडौं
बंगलादेशको चुनावी नतिजा र बीएनपीको जितबारे चीनले के भन्यो ?

बंगलादेशस्थित चिनियाँ दूतावासले देशमा शान्तिपूर्ण र सफल संसदीय निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएको छ ।

दूतावासले निर्वाचनमा विजयी भएको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)लाई शुभकामना व्यक्त गरेको छ ।

शुक्रबार फेसबुकमार्फत सार्वजनिक गरिएको एक पोस्टमा दूतावासले नयाँ सरकारसँग मिलेर काम गर्ने र चीन–बंगलादेश सम्बन्धको नयाँ अध्याय लेख्ने अपेक्षा गरेको जनाएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले बीएनपीको जित हुने अनुमान गरिएको बंगलादेशी सञ्चारमाध्यमका आकलनहरूलाई उद्धृत गरेका छन् ।

सन् २०२४ को अगस्टमा अन्तरिम सरकारले सत्ता सम्हालेपछि चीनले बंगलादेशसँगको सम्बन्ध थप सुदृढ बनाउँदै लगेको छ र लगानी वृद्धि गर्दै ८० करोड अमेरिकी डलरसम्म पुर्‍याएको छ ।

दुवै देशले रक्षा र चिकित्सा क्षेत्रमा समेत सहकार्य विस्तार गरेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्