०९ असार २०८३, मंगलबार

लागुऔषधसहित १० जना पक्राउ

फागुन २, २०८२
विराटनगर
लागुऔषधसहित १० जना पक्राउ

झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको टोलीले मे १० प ८४३२ नम्बरको स्कुटर चालक कमल गाउँपालिका ५ का सञ्जोक राई र स्कुटरको पछाडि सवार सूर्यबहादुर विकलाई पक्राउ परेको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले बिर्तामोड २ बाट सोही स्थानका गोविन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ८ ग्राम ४४० मिलिग्राम र कन्काई ८ बाट सोही स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै मोरङको विराटनगर १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले सुन्दरहरैंचा ६ का सरोज चौलागाईंलाई ३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको धरान १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दीप राई र भूमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्