१६ असार २०८३, मंगलबार

चीनले लागू गर्‍यो क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति

फागुन ३, २०८२
काठमाडौं
चीनले लागू गर्‍यो क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति

चीनले क्यानडा र बेलायतका साधारण राहदानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागू गर्ने निर्णय गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, 'सीमा पारबाट चीनको यात्रालाई थप सहज बनाउन चीनले सन् २०२६ फेब्रुअरी १७ देखि क्यानडा र बेलायतका साधारण राहदानी धारकहरूलाई भिसा–मुक्त नीति विस्तार गर्ने निर्णय गरेको छ।'

प्रवक्ताका अनुसार यस निर्णयले दुई युरोपेली मुलुकका साधारण राहदानी बाहकलाई व्यापार, पर्यटन, परिवार र साथीको भ्रमण, आदानप्रदान र पारवहन प्रयोजनका लागि चीन प्रवेश गर्न भिसामा छुट दिन र ३० दिनसम्म चीनमा रहन अनुमति दिनेछ ।

'यो नीति सन् २०२६ डिसेम्बर ३१ सम्मका लागि लागू हुनेछ,' प्रवक्ताले भने ।

salt training

कमेन्ट गर्नुहोस्