१९ असार २०८३, शुक्रबार

ट्य्राक प्यान्ट्सको छ फेशन, ट्राई गर्ने कि ?

ट्य्राक प्यान्ट्सको छ फेशन, ट्राई गर्ने कि ?

काठमाडौं, १४ पुस — फेशनको संसारमा पुरानो स्टाइलले बेलाबेलामा पुनरागमन गरिरहेको हुन्छ । बेलीबटम प्यान्टजस्तै आजकल ट्य्राक प्यान्टहरू पनि फेशनमा फेरि छाउन थालेका छन् । 

धेरै मानिसलाई ट्य्राक प्यान्ट बोरिङ र नाइट वेयर ड्रेस जस्तो लाग्छ । तर यसो विचार गर्नुस् त, यो बडो कम्फर्टेबल लुगा हो । यसमा तपाईं स्टाइलिश पनि देखिनुुहुन्छ । ब्लेजर, बम्बर ज्याकेट, स्वेटशर्ट र कलरफुल स्पोर्ट्स शूजसँग यो म्याच हुन्छ । महिला मात्र नभई पुरुषलाई पनि ट्य्राक प्यान्टमा स्टाइलिश र कूल देखिन्छ । 

ट्य्राक प्यान्ट्स लगाउन आरामदायी हुन्छ र यसको छेउमा स्ट्राइपहरू हुन्छन् । यो सिंगल वा दुईतीनवटा कलरमा हुन सक्छ । प्यान्टको साइडमा भएको स्टड बटन र कटले यसलाई झनै सुन्दर बनाउँछ । 

नीलो, कालो र खैरो मात्र नभई रातो, ओलिभ ग्रीन, मरून, गुलाबी र अन्य शेडहरूमा पनि ट्य्राक प्यान्ट पाइन्छन् । आजकल युवतीहरूलाई यस्तो प्यान्ट खुब राम्रो लाग्न थालेको छ । उनीहरू यससँगै ब्याग, टिशर्ट, मेकअप र शूजको म्याचिङ गर्न सक्छन् । 

तपाईं पनि एकचोटि ट्य्राक प्यान्ट्स ट्राई गर्ने कि त ?

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्