
काभ्रेपलाञ्चोकमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पनौती नगरपालिका ६ गणेस्थान बस्ने ४६ वर्षीया सुनिता श्रेष्ठ छन् । उनलाई भरुवा बन्दुक १ थानसहित आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।