
धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भइ काठमाडौंको नागार्जुन नगरपालिका ३ ठूलोभऱ्याङ बस्ने १९ वर्षीय अनिस सोनाम र रसुवाको धुन्चे घर भइ काठमाडौंको नागार्जुन नगरपालिका २ सानोभऱ्याङ बस्ने १८ वर्षीय राजन तामाङ रहेका छन् ।
उनीहरूलाई काठमाडौंको नागार्जुन नगरपालिका २ तीनघरेस्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार गत आइतबार राति ११ बजेको समयमा सानो भर्याङस्थित आर्मी मेडिकल कलेज नजिकै सडक खण्डमा एक व्यक्तिले चलाइरहेको बागमती प्रदेश ०२-०२६ प ५३१० नम्बरको मोटरसाइकललाई पैदल आएका उनीहरूले रोकी धारिलो हतियार देखाएर ज्यान मार्ने धम्की दिई मोटरसाइकल लिएर फरारका थिए ।
मोटरसाइकल लुटिएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध डाँका तथा चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।