२९ जेठ २०८३, शुक्रबार

आहा रारा गोल्डकप : उज्वेकिस्तानको आभा फूटबल क्लब सेमिफाइनलमा

फागुन ५, २०८२
कास्की
आहा रारा गोल्डकप : उज्वेकिस्तानको आभा फूटबल क्लब सेमिफाइनलमा

पाहुना टोली उज्वेकिस्तानको आभा फूटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पाहुना टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

आभा क्लबले कठिन जित निकाल्ने क्रममा खेलको ५६ औं मिनेटमा ‘खेलको प्लेयर अफ दी म्याच’ घोषित उमिदजोन करिलोभ गरेको गोल निर्णायक बन्यो ।

डिबक्सभन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले सिधै चाली चुमेको थियो । खेलमा प्लानिङले समेत गोलका केही सुन्दर मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार आयोजक टोली सहारा क्बल पोखरा र मनाङ मर्स्याङ्दी क्लबले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पाहुना टोली आभा एफसीले दोस्रो सेमिफाइनलमा बिहीबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

गत माघ २७ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्