३० जेठ २०८३, शनिबार

टी-२० विश्वकप : स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

फागुन ५, २०८२
काठमाडौं
टी-२० विश्वकप : स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ ।​

भारतको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो ।

स्कटल्याण्डका ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादवले २, रोहित पौडेल र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्