०३ असार २०८३, बुधबार

लागुऔषध ओसारपसार : ९९ जनाविरुद्ध ६५ मुद्दा दर्ता

फागुन ६, २०८२
काठमाडौं
लागुऔषध ओसारपसार : ९९ जनाविरुद्ध ६५ मुद्दा दर्ता

नेपाल प्रहरीले गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९ आरोपीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत माघ महिनामा काठमाडौंका विभिन्न क्षेत्रका गरिएको खोजी अभियानका क्रममा सात महिलासहित ९९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरूविरुद्ध ६५ मुद्दा दर्ता भएको छ ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूबाट खैरो हेरोइन मात्रै ५५.१८ ग्राम बरामद भएको छ ।

यस्तै लागुऔषध ट्रमाडोल मात्रै २३ हजार ३०० ट्याबलेट र नाइट्राजेपाम दुई हजार ८१३ एम्पल बरामद गरिएको छ ।

गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल बरामद गरिएको छ । यस्तै स्पामो १२६ क्याप्सुल पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार गएको एक महिनाको अवधिमा आत्महत्याका ३६ घटना भएको छ । यसमा १९ देखि ३९ वर्षका २७ छन् । आत्महत्या गर्नेमा २४ पुरुष रहेका पनि प्रहरीले जनाएको छ ।

अनुचित लेनदेनतर्फ सात मुद्दा दर्ता भएको र दुई मुद्दा मिलापत्र भएको पनि प्रहरीले जानकारी दिएको छ ।

ती मुद्दाहरूमा आठ करोडभन्दा बढीको मागदाबी रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्