![जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Congress_Janakpurdham_Program_7_CQePKJPPrM.jpg)
नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रतिज्ञा सभा गरेको छ ।
बुधबार दिउँसो कांग्रेसले विशाल उपस्थितिमा जनकपुरमा प्रतिज्ञा सभा गरेको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस यही सभाबाट प्रतिज्ञा-पत्र समेत सार्वजनिक गर्दैछ ।
सभालाई कांग्रेस सभापति गगन कुमार थापा लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
सभापति थापा यसपटक सर्लाही-४ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् ।






