०७ असार २०८३, आइतबार

७ महिनामा मेची भन्सारद्वारा नौ अर्ब राजस्व संकलन

फागुन ७, २०८२
झापा
७ महिनामा मेची भन्सारद्वारा नौ अर्ब राजस्व संकलन

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार संकलनको लक्ष्य निर्धारण भएको थियो । 

यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार संकलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो । 

चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।   

कमेन्ट गर्नुहोस्