
जहानियाँ शासन, अधिकारको हनन्
जनताको दमन, परिवारको चयन
राजा समेत निर्वासन, जनताको अपमान
चार शहीदको जीवन आहुति, कालकोठरी शासन
पढ्न, लेख्न, बोल्न समेत प्रतिबन्ध, राणाहरूको सबैथोक प्रबन्ध
जनता-राजाबीच एकता, राणाशासनको सदैव अन्त्य
एक सय चार वर्षको, लामो कालो इतिहास
बिर्सन लायक अवधि, नागरिकको अट्टहास
फागुन सातको त्यो दिन, जनतामा हर्षोल्लास
देश मुक्तिको सर्वत्र ऐलान
प्रजातन्त्रको उदयसँगै, जनअधिकार पुनर्स्थापना
प्रजातन्त्र दिवस धेरै भए यो दिवस खास छ
किनकि लामो पारिवारिक शासनपछि मुक्ति आभास छ।
७ फागुन २०८२