२७ असार २०८३, शनिबार

पाकिस्तानको आवासीय भवनमा विस्फोट : ६ जनाको मृत्यु, १२ घाइते

फागुन ७, २०८२
काठमाडौं
पाकिस्तानको आवासीय भवनमा विस्फोट : ६ जनाको मृत्यु, १२ घाइते

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीको आवासीय भवनमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

बिहीबार ग्याँस चुहावटबाट विस्फोट भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षेतिग्रस्त भएको सरकारी उद्धार कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

विस्फोटको सूचना पाएपछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले सिलिन्डरबाट ग्याँस चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ ।​​

बालबालीकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउँदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्