![सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Democracy_Day_2082_5_FGFnQpLVUl.jpg)
टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी बिहीबार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।
टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वको सहभागिता रहेको थियो ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
२००७ सालमा भएको क्रान्तिपछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।



















