०७ असार २०८३, आइतबार

गौरमा पुनः निषेधाज्ञा कडाइ गरियो

फागुन १०, २०८२
रौतहट
गौरमा पुनः निषेधाज्ञा कडाइ गरियो

जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज  बिहान ८:३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८:३० बजेदेखि  अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए । 

गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ बजेदेखि आज बिहान ६:३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६:३० बजेदेखि ८: ३० बजेसम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्